व्यापारी, उद्योगी तथा व्यवसायीले देशको आर्थिक विकाशमा अहम भुमिका निर्वाह गर्दै आएको तथ्य सर्ववितितै छ । द्रुततर औद्योगिक युगको शुरुवातको लागि व्यापार, व्यवसाय, उद्योग र उत्पादनमुलक क्षेत्रमा भुमिका अत्यावश्यक छ । समग्र व्यापारीक क्षेत्रको विस्तार हुँदै गईरहेको सन्दर्भमा देशभर विभिन्न पेशा, व्यवसाय र उद्योग सञ्चालक भई सो मार्फत विभिन्न संघ, संस्था सञ्चालन गर्दै काठमाडाँै उपत्यका लगायत देशभर रहेका व्यापारी व्यवसायीहरुको विविध समस्याहरुको निराकरण गर्ने तथा व्यापार व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउँदै उद्योगी व्यवसायीहरुबीच देखा पर्ने समस्याहरुको व्यवसायीक ढङ्गले क्रियाशिल भएता पनि राज्य, सरकारसँग ठोस र प्रभाबकारी समन्वय नभएको महसुस गर्दै व्यवसायीहरुका व्यवसायमा आईरहेको समस्यामा ती संघहरुलाई आ–आफ्ना स्थानमा अझै क्रियाशिल गराई यसमा आई पर्ने अवसर र चुनौती एवं समस्याको उजागर र निराकरण गर्दै स्वच्छ व्यवसायीक वातावरण तयार पारी समग्र व्यवसायीहरुलाई एकिकृत र समन्वयात्मक ढंगले संचालन गरी व्यवसायीहरुको हक हित र व्यवसायीक उदेश्य परिपुर्ति गर्न एउटा छाता संगठनको आवश्यकता महसुस गर्दै साझा लक्ष्यका साथ संगठित ‘‘नेपाल राष्ट्रिय व्यवसायी महासंघ’’ नामक व्यवसायीक एवं सामाजिक संस्थाको २०७४ मा स्थापना भएकाे हाे ।